पछिल्लो समय सरकारले गरेको निर्णय विपरित सभा सम्मेलन हुन थालेको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गरेको छ ।
शुक्रवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै पनि सभा सम्मेलन नगर्न नगराउन आग्रह गरेका हुन् ।
उनले काठमाडौं लगायतका स्थानमा कुनै न कुनै किसिमले सभा सम्मेलन हुन थालेको पाइएको भन्दै त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले सरकारको निर्णय नमानी सभासम्मेलन गर्दा कोरोना महामारी फैलने भन्दै यसो नगर्न आग्रह गरे । साथै उनले लकडाउन बन्द भएसँगै काठमाडौं उपत्यकामा मानिस भित्रने क्रम बढ्दा संक्रमणको डर झन् बढेको बताए ।










