काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको बैठक सकिएको हो ।
छलफलमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पोडेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि आजको छलफलमा सहभागी हुनुभएकाे जानकारी पाइएकाे छ ।
झण्डै चार घण्टा लामाे छलफलमा के के भयो भन्नेबारे केही खुलाइएकाे छैन। यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भइरहेको छ । जनता समाचार बाट साभार










