बिर्तामोड । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकाल सम्म लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरु पूर्ण बन्द गर्ने, लामोदुरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सिधै गन्तव्य तर्फ जान दिने निर्णय भएको छ । त्यसैगरी अति आवस्य खाद्यान्न लगायत ढुवानी गर्ने साधनलाई चल्न दिईने जनाइएको छ । त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनु पर्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा प्रतिनिधी, प्रदेश सभाका सांसद नागरिक समाज, कार्यपालिका समिति, उद्योग बाणिज्य संघ, सुरक्षा निकाय, बैकर्स, रेडक्रस लगायतका संघ संस्थाको उपस्तिथी रहेको प्रवक्ता पाण्डेले बताए ।