सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।