उर्लाबारी, २४ साउन । भारतबाट आएकी उर्लाबारी – ७ की २६ वर्षिया एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गत साउन १४ गते आएर उर्लाबारी ६ स्थित राधिका माविको क्वारेन्टाईनमा बस्दै आएकी ति महिलामा कोरोना पुष्टि भएको हो ।
ती महिलालाई उपचारका लागि कोरोना अस्पताल विराटनगर पठाईने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक सुरेश खड्काले प्राइम एफ एमलाई जानकारी दिनुभयो । उर्लाबारीमा अहिलेसम्म १० जनामा कोरोना पुष्टि भएको छ । जसमा अहिलेसम्म ८ जना डिस्चार्ज भईसकेका छन् ।
मोरङमा समुदाय स्तरमा कोरोना फैलिएपछि आईतबार रातीदेखी उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरिसकेको छ । नगरमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन मेयर खड्ग फागोले आग्रह गर्नुभएको छ । प्राइम एफएम बाट साभार










