पर्सा – पर्साका थप ७१ जना कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालमा गरिएकाे परीक्षणमा पर्साका थप ७१, बाराका तीन र सर्लाहीका एक गरी ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

७५ जना सङ्क्रमितमध्ये ६० जना पुरुष र १५ जना महिला छन् । १२ देखि ६८ वर्ष उमेरसम्मका मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सङ्क्रमित हुनेमध्ये आठ जना प्रहरी, भारतीय महावाणिज्यदूतावासका एक जना कर्मचारी, नारायणी अस्पतालका दुई जना कर्मचारी, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारीसमेत रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो । उज्यालो अनलाइन बाट