काठमाडौं- दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा चितवनबाट पक्राउ परेका आमाछोरीलाई काठमाडौं ल्याइँदैछ। चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ परेकी कल्पना शाही र उनकी अन्दाजी १५ वर्षीया छोरीलाई काठमाडौं ल्याइदै गरेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

स्रोतका अनुसार पक्राउ परेकी शाही मोडलिङ क्षेत्रमा समेत काम गर्ने गरेको पाइएको छ। उनै शाहीको कोठामा हत्या गरेर बोहराको शव सुटकेश र जेब्रा झोलामा प्याक गरेर फ्ँयाकिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शव प्याक गरेर फ्याँकिएको सुटकेशबाट अन्दाजी ५० मिटर टाढाको चार तले घरको तेस्रो तलमा शाही बस्थिन्। उनैको कोठामा हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेकी महिलाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेकी छिन्। नेपाल लाइभ बाट साभार