काठमाडौं । आफूलाई पत्रकार दावी गर्ने सुनिल शर्मालाई प्रहरीले पक्रेको छ । बिराटनग घर भएका ५४ बर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

आफूलाई दैनिक भारत र उक्ता भारतको पत्रकार दावी गर्ने शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए । रातो पाटि बाट साभार