दमक। झापाको दमक नगरपालिका वडा नम्बर ६ मा रहेको सब्जी बजार भोलि देखि पूर्ण रुपमा सिल गरिने भएको छ । सो बजारका व्यापारी एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै आज नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा बसेको नगरपालिका स्तरीय संरचना समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उनी बस्दै आएको वडा नम्बर ५ को सज्जल टोल, सज्जल मार्ग र उनी बस्ने घर पूर्ण रुपले सिल गरी आसपासका मानिसलाइ उच्च सतर्कता अपनाउँदै घर भित्रै बस्न र नयाँ सब्जी बजारमा कन्ट्रयाक ट्रेसिङ्ग गरि सोको रिपोर्ट नआए सम्म सो बजारका सम्पूर्ण व्यापारीहरुलाई घर घरमै सुरक्षीत साथ बस्न नगरपालिकाको प्रवक्ता तथा उपप्रमुख गीता अधिकारी द्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जनाइएको छ ।
दमकको सब्जी बजार सिल
सवाल नेपालसंवाददाताशुक्रबार, ३० साउन २०७७

दमकको सब्जी बजार सिल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



