मोरङमा ९२ (तीमध्ये ८६ जना विराटनगरका हुन्) , खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकामा आज ६० जनामा कोरोनो पुष्टि भएको छ । संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।