दमक/ दमकले कडा लकडाउन घोषणा गरेको आज दोश्रो दिन पनि दमक विहानैदेखि ठप्प रहेको छ । पसल तथा ब्यवसायहरु बन्द रहेकाछन् । हिडडुल पनि निक्कै कम देखिएको छ । बिगतमा भन्दा लकडाउन पालना राम्रो संग भएको देखिएको छ । फाट्टफुट्ट सवारी साधनहरु भने चलेकाछन् ।

दमकमा समुदायमा कोरोना संक्रमण फैलिएपछि यसको नियण्त्रणका लागि लकडाउन घोषणा भएको थियो । दमक उद्योग बाणिज्य सघले लकडाउनलाई पुर्ण रुपमा साथ दिएको छ । लकडाउन गर्नका लागि जनस्तरबाट पनि माग रहेको थियो ।