काठमाण्डाै – नेपालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ती महिलालाई गएको साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १५ पुगेको छ । आज ज्यान गुमाएकी महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा २८ हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् । १० हजार ५ सय ६३ जना आइसोलेशनमा र १३ हजार ९ सय २६ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जानकारी दिएको छ । उज्यालो अनलाइन बाट साभार गरिएको










