झापा, भाद्र ०३ गते । झापाको कमल गाउँपालिका-२ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलवार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सुनसरी खोलामा मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी
सुनसरी, भाद्र ०३ गते ।
सुनसरी खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका-७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ । गत श्रावण ३१ गते सुनसरी खोलामा बोरा भित्र मृत अवस्थामा फेला परेका यादवको सम्बन्धमा अनुसन्धान गर्दा यादवलाई निकै साथीहरु स्थानीय ४२ बर्षीय दिनेश महतो, २० बर्षीय पप्पु राम, १९ बर्षीय शिव कुमार मेहेता, दिपक कुमार यादव र प्रदिप रामले हत्या गरेको खुल्न आए संगै पाँचै जनालाई पक्राउ गरिएको हो । उनीहरुले श्रावण २९ गते साँझ ७ बजेको समयमा पालैपालो कुटपिट गरी हत्या गरेको र चोकरको बोरामा हालेर सुनसरी खोलामा लगी फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।










