करेन्ट लागेर १ जनाको मृत्यु मोरङ, भाद्र ०४ गते । मोरङको उर्लावारी नगरपालिका-७ का २८ बर्षीय नविन बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका बि.क.लाई उपचारको लागी गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु मोरङ, भाद्र ०४ गते । मोरङको रङगेली नगरपालिका-१ का ४९ बर्षीय खड्ग बहादुर मगरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोलाले बगाएर बेपत्ता बालक मृत फेला झापा,  ०४ गते । सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका-२ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो पानी पढ्नुहोस 

प्रतिबन्धित लागुऔषध गाँजा सहित मानीस पक्राउ सुनसरी, ०४ गते । सुनसरीको धरान उप-महानगरपालिका-१६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो । घरबाट गाँजा बरामद भए संगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।