झापा, भाद्र १२ गते । झापाको बिर्तामोड नगरपालिका-७ बस्ने अनवारुल मियाको १० बर्षीया छोरी अंसारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
र यो पनि 

नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ

सुनसरी, भाद्र १२ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् । धरान-१३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहिवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।