दमक / दमक उद्योग बाणिज्य संघले पिसिआर मेशिन खरिद गरी दमकमै सञ्चालन गर्न संघका पुर्व अध्यक्ष प्रकास प्रसाईको संयोजकत्वमा एक समिति गठन गरेको छ । बाणिज्य संघको आज बसेको बैठकले यस्तो समिति गठन गरेको हो ।

बैठकको निर्णयमा यस्तो भनिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस क्षेत्रमा समेत कोरोना भाइरस कोभिड १९ संक्रमित को संख्या दिनानुदिन बढी रहेको र समुदाय स्तरमा समेत संक्रमण फैलिन थाली सकेको हुदा यस दमक क्षेत्रमा कोभिड १९ कोरोना भाइरस संक्रमणको परिक्षण गर्ने पि.सि.आर. मेशिन नभएका कारण पि.सि.आर. परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएको र समयमा रिपोर्ट आउन समेत ढिलासुस्ति तथा अन्य समस्या उत्पन्न भइरहेको कारण हालको समस्यालाई मध्यजनर गर्दै स्थानिय वासीहरुको सुविधा लाई ध्यानमा राखि यस संघको अगुवाईमा १ थान पि.सि.आर. मेशिन गरिद गरि संचालनमा ल्याउनका लागि यस संघका पुर्व अध्यक्ष श्री प्रकास प्रसाई ज्यूको संयोजकत्वमा ९ सदस्यीय पि.सि.आर. मेशिन खरिद तथा संचालनका लागि अध्ययन समिति गठन गर्ने निर्णय गरियो ।

पि.सि.आर.मेशिन खरिद तथा संचालन अध्ययन समिति १.संयोजक ः– श्री प्रकास प्रसाई २.सदस्य ः– श्री राजकुमार योङ्गया ३.सदस्य ः– श्री दिनेश सुवेदी ४.सदस्य ः– श्री खोम बगाले ५.सदस्य ः– श्री प्रकास अधिकारी ६.सदस्य ः– श्री सुधिर प्रधान ७.सदस्य ः– श्री केशव अधिकारी सन्तोष ८.सदस्य ः– श्री गौतम गुप्ता ९.सदस्य ः– श्री युवराज खनाल सागर

यस नवठित समिति बाट २ सदस्य थप गरि यस समिति लाई ११ सदसिय बनाउन सक्ने भनि सर्व सम्वत निर्णय गरियो ।