काठमाडौं, १५ भदौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनमा आज (सोमबार) कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई विसञ्चो भएपछि शाक्य दम्पतीले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।
मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भए पनि अहिलेसम्म कुनै नदेखिएको बताइएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।










