ललितपुर - ललितपुरमा आज शुक्रबार कर्फ्यु लगाइने भएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

बिहीबारको अवस्था उग्र भएपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड