ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई बिहीबार ललितपुरको पुल्चोकमा कुटपिट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले घिमिरेलाई कुटेका थिए। घाइते घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त घटनामा संलग्न रहेको आरोपमा ललितपुर प्रहरीले विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको गावाहालका महेश बज्राचार्य,बगलामुखीका पृथ बिन्दु महर्जन, अशोजकुमार महर्जन, रवि शाक्य र रविन शाक्य रहेका छन्।

त्यस्तै, महालक्ष्मी नगरपालिका इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर भिमीका श्याम श्रेष्ठ र काठमाडौं महानगरका यादवलाल कायस्थ रहेका छन्।