सिरहामा मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका वडा नम्बर ५ को सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का अमलेश महतो र सुनिल सदाको ज्यान गएको प्रहरीले जनाएको छ । ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते भएका मिथिलेश सदाको उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।