पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ३३८ जना महिला र ६४१ जना पुरुष गरी ९७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म जम्मा कोरोना संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा काठमाडौंमा २९३ भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन् ।

प्रवक्ता गौतका अनुसार देशभर सक्रीय संक्रमितको १६,२५९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ९०६९, जना र होम आइसोलेसन ७, १९० जना संक्रमित रहेका छन् । २४ घण्टा डिस्चार्ज हुनेको संख्या १, ७३६ र जम्मा डिस्चार्ज हुनेको संख्या ३०,६७७

आजको पीसीआर परीक्षणको संख्या ९,२१८ रहेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।