अभिनेत्री कंगना रनौतको मुम्बईको पाली हिलस्थित कार्यालयमा बीएमसीको एक समूह सोमबार पुगेको छ ।

कंगनाले ट्वीटमा भनिन्, ‘यो मुम्बईमा मणिकर्णिका फिल्म्ज्सको कार्यालय हो जुन मैले १५ वर्ष मिहिनेत गरेर कमाएको हुँ । मेरो जीवनमा एउटै सपना थियो कि जब म फिल्म निर्माता बनूँ तब मेरो आफ्नै कार्यालय होस् तर यस्तो लाग्छ कि मेरो यो सपना टुट्ने बेला आएको छ । आज त्यहाँ अचानक बीएमसीका केही मानिसहरु आएका छन् । उनीहरुले जबर्जस्ती मेरो अफिसमा भएको सबैकुरा मापन गर्न थाले । उनीहरुले छिमेकीलाई पनि तनाव दिए र भने, ‘त्यो म्याडमको कर्तुतको परिणाम सबैले भोग्नुपर्नेछ ।’ मैले जानकारी पाए अनुसार उनीहरुले त्यहाँ मेरो सम्पत्ति तोडफोड गर्नेछन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ये मुंबई में मणिकर्णिका फ़िल्म्ज़ का ऑफ़िस है, जिसे मैंने पंद्रह साल मेहनत कर के कमाया है, मेरा ज़िंदगी में एक ही सपना था मैं जब भी फ़िल्म निर्माता बनूँ मेरा अपना खुद का ऑफ़िस हो, मगर लगता है ये सपना टूटने का वक़्त आ गया है, आज वहाँ अचानक @mybmc के कुछ लोग आए हैं 🙂 pic.twitter.com/C7zGe8ZyGe

— Kangana Ranaut (@KanganaTeam) September 7, 2020

They have forcefully taken over my office measuring everything, also harassing my neighbors when they retorted @mybmc officials used language like ,” वो जो मैडम है उसकी करतूत का परिणाम सबको भरना होगा” I am informed tomorrow they are demolishing my property 🙂 pic.twitter.com/efUOGJDve1

— Kangana Ranaut (@KanganaTeam) September 7, 2020

बीबीसीले बीएमसीका एक वरिष्ठ अधिकारीसँग कुरा गरेका छन् । उनले आफ्नो नाम नछाप्ने शर्तमा भने, ‘बीएमसीको टिम कंगनाको अफिस पुगेका थिए । तर यो भ्रमण किन गरियो यसबारे कुनै जानकारी छैन । वार्ड अफिसरले नै यसबारे जानकारी दिन सक्छन् ।’

साथै बीएमसीकै अर्का एक वरिष्ठ अधिकारीसँग पनि कुराकानी गरियो । उनले पनि नाम नबताउने शर्तमा भने, ‘भिडियोमा त बीएमसीकै मानिसहरु देखिएका छन् तर उनीहरु किन गएका थिए भनेर आधिकारिक सूचना हामीसँग छैन ।’

हालै कंगना रनौतले मुम्बईमा उनले आफूलाई सुरक्षित महसुस गर्न नसक्ने बताएकी थिइन् । कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेकी थिइन् जसका कारण महाराष्ट्रका मुख्यमन्त्री अनिल देशमुखदेखि शिवसेनाका नेता र राज्यसभाका सांसद संजय राउतले कंगनामाथि निशाना साँधेका थिए ।