बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा कथित रुपमा अनाधिकृत निर्माण हटाउनका लागि गरिएको कारवाही पश्चात् मुम्बई महानगरपालिकाले डिजाइनर मनिष मल्होत्रालाई नोटिस जारी गरेको छ ।

बीएमसीको नोटिसमा भनिएको छ, ‘मुम्बई महानगरपालिका कानून, १८८८ को सेक्सन ३५१(१) र चार अप्रिल, २०१३ को अधिसूचनाका अनुसार यो नोटिस जारी गरिएको छ कि मनिष मल्होत्राले अनुमति बिना आफ्नो आवसीय परिसरमा निर्माण कार्य गरेका छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीएमसीले मनिष मल्होत्रालाई उनको परिसरमा निर्माण गरिएको कार्यलाई किन नभत्काउने भन्दै स्पष्टिकरणका लागि माग गरेको छ ।

यो नोटिसको जवाफ दिनका लागि मनिषलाई सात दिनको समय पनि तोकिएको छ ।

बीएमसीको नोटिस अनुसार मनिष मल्होत्राले आफ्नो घरको पहिलो तल्लालाई आवासीयबाट व्यावसायिक अफिसको रुपमा प्रयोग गर्नका लागि कुनै अनुमति लिएका छैनन् । यसबाहेक उनीमाथि अनधिकृत निर्माण र पुरानो डिजाइन परिवर्तन गरेको पनि आरोप छ ।

यसअघि बुधबार बम्बई उच्च अदालतले कंगनाको अफिसमा बीएमसीको कारवाहीमाथि रोक लगाएको थियो । उच्च अदालतले बीएमसीको यो कारवाहीमा आफ्नो जवाफ दिनका लागि निर्देशन दिएको छ ।

https://twitter.com/ANI/status/1303912854538526721?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1303912854538526721%7Ctwgr%5Eshare_3&ref_url=http%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F146302%2F2020%2F9%2F10%2Fbmc-notice-to-manish-malhotra