काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त हुनुभएपछि घर फर्किनु भएको छ । कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बस्नुभएका शाक्य परिवारसहित होटलको आइसोलेसनमा बस्नुभएको महानगर स्राेतले जनाएकाे छ ।
महानगर स्राेतका अनुसार मेयर शाक्य सपरिवार सोल्टी होटलमा बस्ने क्रममा लागेको खर्च महानगरपालिकाले बेहोर्ने कि उहाँ आफैंले बेहोर्ने भन्ने टुंगो लागेको छैन । विशेष सुविधासहितको कोठा लिएर होटेलमा बस्नुभएका शाक्य ३–४ वटा कोठा लिएर बस्नुभएको थियो।
भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शाक्य होटेलमा बस्दै आउनुभएको थियो । महानगर स्रोतले शाक्य सोल्टी होटेलमा बस्नुभएको जनाए पनि महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने मेयरसँग एक सातादेखि आफ्नो भेट नभएको र उहाँ कहाँ बस्नुभएको छ भन्ने कुरा जानकारीमा नभएको बताउनुभयो ।










