नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको फागुन १४ र यही भदौ १८ गते नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा रिक्त रहेको स्थानमा पठाउने निर्णय गरेको थियो।

पार्टीको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभा लैजाने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका हुन्।