बलिउडमा ड्रग विवादमा अब समाजवादी पार्टीकी सांसद जया बच्चन र भाजपा सांसद रवि किशन र नायिका कंगना रनौट आमनेसामने भएका छन् । मनसुन सत्रको दोस्रो दिन मंगलबार राज्यसभामा जया बच्चनले कसैको पनि नाम नलिइकनै भनिन्, ‘फिल्म इन्डष्ट्रिमा नाम कमाउनेहरुले नै यसलाई नाली भनिरहेका छन् । मलाई आशा छ कि सरकारले यस्ता मानिसहरुलाई यस्ता भाषाको प्रयोग नगर्न भनोस् ।’

यसमा कंगनाले भनिन्, ‘तपाईंको छोरा पासोमा झुण्डिरहेको भेटिए पनि तपाईंले यस्तै भन्नुहुन्थ्यो ?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जया बच्चनले भनिन्, ‘केही मानिसहरुका कारण तपाईं पूरा उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । मलाई लाज लाग्छ कि हिजो लोकसभामा हाम्रा सदस्यका एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लज्जाको विषय हो । तपाईं जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

वास्तवमा, जयाको यो बयान सुशान्तको मृत्युपछि बलिउडसँग कंगना रनोटको विवाद र भाजपा सांसद रवि किशनको लोकसभामा दिइएको बयानसँग जोडिएर हेरिएको छ ।

कंगनाले जयाको भाषणसहित ट्वीट गरिन्ः

‘जया जी, मेरो साटो तपाईंकी छोरीलाई कुटिएको भए, ड्रग्स दिइएको भए र युवावस्थामा शोषण भएको भए यस्तै भन्न सक्नुहुन्थ्यो । यदि अभिषेकले लगातार शोषणको कुरा गरेको भए वा उनलाई एकदिन झुण्डिएको अवस्थामा भेटेको भए, तपाईंले यस्तै भन्न सक्नुहुन्थ्यो ? हामीमाथि सहानूभूति राख्नुहोस् ।’

रवि किशनले भने, ‘आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक’

जया बच्चनको बयानमा रवि किशनले मंगलबार भने, ‘मलाई आशा थियो कि जयाजी मेरो समर्थन गर्थिन् । इन्डष्ट्रिमा सबैजना ड्रग्स लिँदैनन् । तर जसले लिन्छन्, उनीहरु संसारको सबैभन्दा ठूलो फिल्म इन्डष्ट्रिलाई समाप्त गर्ने योजनाका हिस्सा हुन् । जब मैले र जयाजीले फिल्म इन्डष्ट्रि ज्वाइन गरेका थियौं तब स्थिती यस्तो थिएन, तर आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक छ ।’

रवि किशनले लोकसभामा के भनेका थिए ?

वास्तवमा, सोमबार भाजपा सांसद रवि किशनले लोकसभामा ड्रग्स र बलिउड कनेक्सनको मुद्दा उठाएका थिए । उनले शून्य समयमा भने, ‘पाकिस्तान र चीनबाट ड्रग्सको तस्करी भइरहेको छ । यो देशको युवा पिढिलाई बर्बाद गर्ने षड्यन्त्र हो । हाम्रो फिल्म उद्योगमा यसको पैठ भइसकेको छ र एनसीबीले यसको अनुसन्धान भइरहेको छ । यो मामिलामा कडा कारवाही होस् भन्ने मेरो माग छ ।’

https://twitter.com/KanganaTeam/status/1305742115255668736?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1305742115255668736%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F146981%2F2020%2F9%2F15%2Fjaya-bachchan-on-kangana-ranaut-bjp-ravi-kishan-at-monsoon-session-of-parliament