ग्रीसले देशभरिका विद्यालयलाई सित्तैमा फेस मास्क बाँड्ने योजना बनाएकोमा त्यसले बेइज्जती गराएको छ । मास्कहरू बालबालिका तथा वयस्क दुवैका लागि निकै ठूलो बनाइएको रहेछ ।

ग्रिसेली अधिकारीहरूले गल्ती भएको स्वीकार मंगलवार गरे । यसै हप्ता विद्यालयहरूमा मास्क वितरण गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मास्कको आकार निकै ठूलो थियो,’ पाँच लाख मास्क बनाउने ठेक्का पाएका यिआन्निस स्टाथोपौलोसले ओपन टीभीलाई बताए । दश वर्षमुनिका बालबालिकाको मास्कको नाप १० बाई १८ सेन्टीमिटर थियो भने अलि ठूला बालबालिकाका लागि १२ बाई २२ सेन्टीमिटर थियो ।

सरकार र ठेकेदारबीच बुझाइमा फरक परेकाले यो समस्या आएको स्वास्थ्य राज्यमन्त्री भासिलिस कोन्तोजामानिसले बताए । पहिले नै सिएर राखिएको कपडाका लागि नाप दिइएको उनले बताए ।

तर मास्क अर्डर गर्नेहरूले कसरी प्रिस्टिच गर्ने भनी व्याख्या नगरेकाले मास्क बालबालिकाका लागि मात्र नभई वयस्कका लागि पनि निकै ठूलो हुन पुग्यो ।

ठेकेदार स्ताथोपौलोसले चाहिँ सम्झौता बमोजिम नै मास्क बनाएको भनी अड्डी कसिरहेका छन् । ग्रीसको सामाजिक सञ्जालमा बडेमानको मास्कका तस्वीरहरू भाइरल बनिरहेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले यस समस्याको समाधान छिट्टै निकालिने बताएको छ ।

https://twitter.com/parta__/status/1305913807844368395?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1305913807844368395%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F118260%2F2020%2F9%2F16%2Fbig-masks