काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यराति देखिको निषेधाज्ञा बुधबार आज राति सकिँदैछ। उपत्यकाका तीनवटै जिल्ला प्रशासनले असोज १ देखि अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि केही क्षेत्रमा प्रतिबन्ध कायमै गरेका छन्। यसअघि निषेधाज्ञा भनिए पनि यो पटक ‘निषेधाज्ञा’ शब्द उल्लेख नगरी सूचना जारी गरिएको छ।
यसअघि लागू गरिएको बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ। तर, ब्यूटीपार्ललर,सैलुन पसल, जिम क्लब, बार, लगायत मनोरञ्जन क्षेत्रमाथिको प्रतिबन्ध कायमै गरिएको छ।
सवारीसाधनमा लागू भएको जोर–विजोर प्रणाली पनि कायमै राखिएको छ।











