प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उसको जन्मको उपलक्ष्यमा शुभकामना दिएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/kpsharmaoli/status/1306387094537826304?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1306387094537826304%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F147228%2F2020%2F9%2F17%2Fmodi-birthday-