काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई आफ्नो स्वास्थ्यबारे चिन्तित नहुन आग्रह गरेका छन् । ओम अस्पतालको आइसोलेसनबाट बिहीबार कोरोइरालाले दुई/तीन दिनपछि आफू डिस्चार्ज हुने बताएका हुन् ।

मंगलबार साँझबाट ओम अस्पतालमा उपचारत कोइरालाले २७ सेकेन्डको भिडियो सन्देश जारी गर्दै भनेका छन्, “म कोभिड-१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई/तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सक टोलीले महामन्त्री कोइरालाको उपचार गरिरहेको छ ।

महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्‍न छ ।

प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

https://www.facebook.com/ratopati/videos/324148865481745/