महोत्तरीको मटिहानी नगरपालिका तथा जलेश्वर नगरपालिकालाई भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा बाढी पीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष एवं सांसद चन्दा चौधरीले टेन्ट २५, त्रिपाल ५० गरी ७५ थान श्री राजकीय संस्कृत मा. वि. मटिहानीमा नगर प्रमुख हरि प्रसाद मण्डललाई शुक्रवार २ गते एक समारोहबीच हस्तान्तरण गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा अध्यक्ष चौधरीले नेपालका विभिन्न जिल्लामा बाढी पहिरोबाट पीडित परिवारहरुलाई भारत सरकारको सहयोगमा राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको बताइन् ।

मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय रामकुमार मंडल, उपेन्द्र चौधरी, विजय कुमार साह उमाशंकर साह वैद्यनाथ मण्डल नागेन्द्र लाल कर्ण र प्रा. हेमनारायण लाल कर्ण लगायतका वक्ताहरूले प्राकृतिक प्रकोप लगायत अन्य क्षेत्रमा भारत सरकारको सहयोगको सराहना गरेका थिए ।

प्राप्त सामाग्री चाँडै प्रभावितहरूलाई वितरण गरिने कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताए ।

त्यस्तै शुक्रवार नै एक कार्यक्रमकाबीच नेपाल भारत महिला मैत्री समाजले जलेश्वर नगरपालिकालाई पनि २५ टेन्ट र ५० त्रिपाल हस्तान्तरण गरेको छ ।जलेश्वरस्थित नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष चौधरी ले जलेश्वर नगरपालिकाका प्रमुख रामा शंकर मिश्रालाई उक्त टेन्ट तथा त्रिपाल हस्तान्तरण गरिन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुरेश प्रसाद सिंह, जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, जिल्ला अस्पताल महोत्तरीका अध्यक्ष सुरेश पाण्डे, वडा नं. २ का अध्यक्ष वरुन दाहाल, वडा नं. १ का अध्यक्ष अनिल झा, वडा नं. ६ का अध्यक्ष रवीन्द्र साहलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

वितरण गरिएको टेन्ट तथा त्रिपाल सामग्री बाढी तथा अन्य प्राकृतिक विपद् बाट विस्थापित जनतालाई अस्थायी आवासको रूपमा अत्यन्तै महत्वपूर्ण रहने वक्ताहरूले विश्वास व्यक्त गरे ।