बारा । नेपाल आयल निगम अमलेसगञ्ज गइरहेको पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना टयांकर चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

भारतीय आयल निगम रक्सौलबाट पेट्रोल लिएर जानेक्रममा बाटोमै मिसावट गर्ने टयांकर चालक जितपुर सिमरा उपमहा नगरपालिका–२१ का बर्ष २६ का राजेश विश्वकर्मा र हेटौंडा नगरपालिका– ११ का २९ वर्षीय सन्तोष खड्का पक्राउ परेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै जनामाथि कालोबजारी तथा सामाजिक अपराध मुद्धा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्राले जानकारी दिए ।

ना ७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको टयांकरमा शुक्रवार उनीहरुले ल्याएको पेट्रोलको नेपाल आयल निगम अमलेसगंजमा गुणस्तर जाँचगर्दा मिसावट भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको मिश्रले बताए ।