सुनसरी,असोज ०४ गते । सुनसरी हरिनगरा-४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । आज बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय हरिनगरामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

करेन्ट लागेर १ महिलाको मृत्यु

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोरङ कटहरी-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनि आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।