दमक। झापाको दमकमा रहेको पुरानो आम्दा अस्पतालको नामले चिनिएको दमक अस्पताललाई आज सेन्सर सेनिटाइजर मेशिन सहयोग गरिएको छ ।
स्थापना कालदेखि नै सामाजिक कार्य गर्दै आएको पहिलो पाईला दमक र कञ्चनजंगा ट्रेडर्सले संयुक्तरुपमा सो सेनिटाइजर मेशिन सहयोग गरेका हुन् । दमक अस्पतालमा जडान गरिएको सो सेन्सर मेशिनबाट सेनिटाइजर प्रयोग गरेर हात सफा गर्दै दमक नगरपालिकाको उपप्रमुख गीता अधिकारीलेल मेशिनको औपचारीक उद्घाटन गर्नु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि अधिकारीले पहिलो पाईलाले विगतदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा समेत गर्नु भयो । त्यस्तै पहिलो पाईलाका अध्यक्ष दिपक खड्काले कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा सेवा लिन आउने सर्वसाधारणदेखि स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्ने उदेश्यले सेन्सर सेनिटाइजर मेशिन सहयोग गरेको सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो ।
त्यस्तै सचिव मेघनाथ फँयालले पहिलो पाईलाले सामाजिक कार्यमा कञ्चनजंगा ट्रेडर्ससँगको सहकार्यमा सहयोग गरेको बताउनु भयो । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्ग फागो, स्वास्थ्यकर्मी, पहिलो पाईलाको टिम लगायतको उपस्थिति रहेको थियो ।













