कानेपोखरी। मोरङको जहदामा पानिमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा १ बस्ने १७ बर्षीया रबिना ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा परी रबिनाको मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउना साथ प्रहरी टोली त्यसतर्फ गएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।










