झापा,असोज-०८ गते । झापा बिर्तामोड-७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन । हिजो राती ०९ बजे नाबालक जिवन घरबाट हराई बेपत्ता भएका थिए ।

आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे सोही स्थितमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको भनि अस्थाई प्रहरी चौकी गरामनीमा जानकारी गराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।