बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकामा एक नाबालक मृत अवस्थामा भेटिएका छन् । विर्तामोड ७ बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका हुन् । हिजो राती ९ बजे जिवन घरबाट हराई बेपत्ता भएका थिए ।
आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोहि स्थानको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










