दमक। झापाको शिवसताक्षी नगरपालिकाका आइसोलेसनमा बस्दै आएका १० जनासहित ३२ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आज आएको पीसीआर रिपोर्टमा शिवसताक्षी नगरपालिकाको आइसोलेसनमा बस्दै आएका २ पुरुष, होम आइसोलेसनमा बस्दै आएका ३ पुरुष र ५ महिलासहित ३२ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपलालाई जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार नेगेटिभ रिपोर्ट आउनेमा २३ पुरुष र ९ महिला छन् । शिवसताक्षीमा अहिले सम्म ३३ जनामा कोरोना पुष्टि भएको र ३२ जनाले जितिसकेको पनि फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो ।