काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा शैक्षिक प्रमाणपत्र लिनेको भिड लागेको छ ।
सीटीईभीटीले आंगिक, साझेदारी संघसंस्थाहरुले छोटो र लामो अवधिका लागि सञ्चालन गरेका प्राविधिक शिक्षा पास गरेका विद्यार्थीहरु आफ्नो पास भएको प्रमाणपत्र लिन सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयमा भिड लागेको छ ।
सीटीईभीटी अन्तर्गतका विभिन्न कलेज, स्कुल र तालीम सेन्टरहरुमा सिपमुलक प्राविधिक विषय पढेका विद्यार्थीले कोभिड-१९ का कारण लामो समयदेखि पास भए पनि आफ्नो शैक्षिक प्रमाणपत्र लिन पाएका थिएनन् ।
करिब ६ महिनापछि खुलेको लकडाउनपछि सीटीईभीटीको परिक्षा नियन्त्रण कार्यालयमा आफ्नो शैक्षिक प्रमाणपत्र लिन देशभरका हजारौं विद्यार्थी सीटीईभीटी धाउन थालेका हुन् । बिहीबार दिनभरको वर्षाका बीच पनि परिक्षा नियन्त्रण कार्यालयमा शैक्षिक प्रमाणपत्र लिन विद्यार्थीहरुको भिड लागेको छ ।










