झापा,असोज-०९ गते । झापा बिर्तामोड-५ स्थितमा रहेको एक घरको छतबाट झर्दा १३ बर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ । हिजो राती १० बजे खाना खाईसकेपछी घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जअनाएको छ । मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु
सुनसरी,असोज-०९ गते । सुनसरी धरान-१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको छ । हिजो बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन । उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा उनको हिजै अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै उनीसंगै रहेकी उनकै दिदी ८ बर्षीया नेबिस राई समेत रुखको हांगाले लागी घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।










