काठमाडौं। यातायात व्यवसायीहरुले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने जनाएका छन् । कोरोनाका कारण अधिकांश मानिसले काठमाडौं छोडिसकेकाले अहिले नै हतार गर्नु नपर्ने व्यवसायीहरुले भनाई छ।

शिक्षण संस्थाहरु समेत बन्द रहेको अवस्थामा विद्यार्थी तथा यात्रुको चाप अघिल्ला वर्षहरुमा जस्तो नहुने भन्दै उनीहरुले ढिलोगरी टिकट बुकिङ खुलाएपनि सम्भव हुने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दसैंका लागि भने पूर्ण सिट क्षमतामा बस संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ । चाडपर्वमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले भोलीका लागि बैठक बोलाएको छ ।