धरान : कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट धरान उपमहानगरपालिका २ की ३८ वर्षीया महिलाको निधन भएको छ । कोरोना संक्रमणका कारण सिकिस्त भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
मृतक महिला अत्याधिक ज्वरो आएपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । उनमा कुनैपनि दीर्घरोग नभए पनि संक्रमित भएपछि मधुमेह र उच्च रक्तचाप देखिएको डा. सापकोटाले बताए ।
उनको दाहसंस्कारका लागि आवश्यक पहल भइरहेको धरान २ का वडा सदस्य धर्म तामाङले बताए। धरानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्नपूर्ण पोस्ट बाट साभार










