१२,असाेज , कमल । कमल गाउँपालिकामा अस्थाई कोभिड १९ अस्पतालकाे उद्घाटन गरिएकाे छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्किले साेमवार अस्पतालकाे उद्घाटन गर्नुभएकाे हाे ।
केन्द्र सरकार को १० लाख, प्रदेश सरकार को ५ लाख र बाँकी कमल गाउँपालिका को गरेर जम्मा २१ लाख रुपैयाँकाे लगानीमा साे अस्पताल निर्माण सम्पन्न भएको थियाे । गाउँपालिकाकाे वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा रहेकाे अस्पताल उद्घाटन संगै आजैबाट संचालनमा समेत आएकाे छ । अस्पताल तत्काल ५ वेडको आईसोलेसन सहित सञ्चालनमा ल्याईएकाे र तिन महिना पछि कार्यप्रगतीको आधारमा आवश्यक वेड थप गर्दै लगिने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयाे ।
नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड १९ अस्पताल सञ्चलन गर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएकाे गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनकालागी तत्काल एमविविएस डाक्टर १ जना , स्टाफ नर्स २ जना र कार्यालय सहयोगी १ जना नियुक्ति भैसकेको र आवश्यक परेमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयाे । 










