१२ असाेज, गाैरादह । झापाको गौरादह नगरपालिका वार्ड नम्बर १ मा एक वृद्ध महिलाकाे शव भेटिएकाे छ । ६५ बर्षिया पार्वता भण्डारी आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाँधेर रगतमा लतपत भएको अबस्थामा मृत अवस्थामा भेटिएकी हुन ।
गाैरादह नगरपालिका १ स्थित जानकेश्वर शिवालय मन्दिरकाे नजिक घरमा एक्लै रहेकी महिला मृत फेला परेकी थिईन । मृतक महिला श्रीमान सहित साेमवार विहान मात्र साे घरमा अाएकी छिमेकिहरुले बताएका छन् । महिला र श्रीमान भिम भण्डारी विहान घरमा अाएकाे र श्रिमतीलाई घरमा राखेर श्रीमान कतै बाहिर गएकाे देखेकाे छिमेकिहरुले बताए । श्रीमान भण्डारी दिउँसो घरमा आएपछी मात्र घटना सार्वजनिक भएको थियो ।
‘म बाहिरबाट ४:३० बजे तिर घरमा आउदा कोठा भित्र छिरे , कोठा अलिक अध्यारो थियो , श्रीमती खाटमुनि लडेको जस्तो लागेर तान्दा हात पछाडि बाधिएको थियो , शरीर भरि रगत लागेको थियो ।’ श्रीमान भिम भण्डारीले भने । घटना स्थलमै भेटिएका गाैरादह वडा नम्वर १ का वडा सदस्य कमल ढुंगानाले पनि मृतककाे हात राताे कपडाले पछाडि लगेर बाँधिएकाे र शरीर लडेकाे अवस्था देखिएकाे बताए । घटना भएकाे जानकारि पाउन साथ ईलाका प्रहरी कार्यालय गाैरादहकाे प्रहरी टाेलि घटनास्थल पुगेकाे थियाे ।
घटना शंखास्पद भएकाे रिपाेर्टिङ्गपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रवक्ता राकेश थापा सहितकाे टाेलि घटनास्थल तर्फ जादै गरेको बताईएकाे छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजय पण्डितले घटना स्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको बताए । घटनाका बिषयमा थप अनुसन्धान बाँकि रहेकाे उनले उल्लेख गरे । मृतक शरीरको पोस्टमार्टम गर्न धरान लगिएको छ ।










