मोरङ। मोरङको जहदा ५ मा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ५९ बर्षीय साधुर महतो रहेको प्रहरीले जनाएको छ । उनको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो साँझ साढे ६ बजे नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।