बिर्तामोड। झापाको बिर्तामोड स्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिकाका २२ बर्षीय सुदम राजवंशी र ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन ।

हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।