आचल शर्मा र बिकास लामिछाने फिचर्ड नयाँ म्यूजिक भिडियो “के दिउ खै” सार्वजनिक भएको छ । उक्त गीतमा मेलिना राईको आवाज, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन ,राजिब समरको कोरियोग्राफी रहेको छ ।

हेर्नुस भिडियो:

https://www.youtube.com/watch?v=qLGeo7Q4q7Q&feature=emb_logo