झापा÷ झापा र सुनसरीबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड –९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । हिजो साझँ ६ बजे उनलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी सुनसरीको ईटहरी–५ का २३ बर्षीय प्रविण राई खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । उनलाई हिजो अपरान्ह ५ बजे ईटहरीको एक होटलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईलाई नियन्त्रणमा लिएसंगै उनिमाथी चेकजाँच गर्दा उनको कोठा खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले राय र राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
झापा र सुनसरीबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
सवाल नेपालसंवाददाताबिहीबार, २२ असोज २०७७

झापा र सुनसरीबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



