काठमाडौं, २५ असोज । न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतको ठूलो संख्यामा सरुवा गरेको छ ।
प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले उनीहरुको सरुवाको निर्णय गरेको हो ।
सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह–रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्तालगायतका २९१ जना अधिकृत छन् ।
सरुवामा उपत्यकामा कार्यरत अधिकृतलाई बाहिर पठाइएको छ । सरुवाको विवरण सर्वोच्च अदालतको वेवसाइटमा राखिएको छ । हेर्नुस् सरुवाको सूची










