नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल कार्यभार सम्हाल्न सिंहदरबार पुगेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीवार शपथपछि मन्त्री पौडेल कार्यभार सम्हाल्न सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका हुन् ।
युवराज खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई बुधवारको मन्त्रिपरिषद् हेरफेरमा दोस्रोपटक जिम्मेवारी दिइएको हो । लोकान्तर बाट साभार










